
हेटौंडा, असोज १० । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका परिणाममुखी योजनालाई कार्यान्वयन गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
शुक्रबार हेटौंडामा प्रदेश विकास परिषद् बैठकको उद्घाटन गर्दैै उनले प्रदेश सरकारले प्रदेश निर्माण कम्पनीमार्फत् पूर्वाधार निर्माण र निजी क्षेत्रका लगानीकर्तालाई सुविधा उपलब्ध गराएर उद्योगको विस्तार गरी उत्पादन गर्नेतर्फ केन्द्रित हुने बताए ।
पूर्वाधार विकास निर्माणकाक्रममा हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणका लागि आवश्यक प्राविधिक सहयोग र कानुनी प्रक्रियाको थालनी गरिसकेको उनको भनाइ थियो ।
मुख्यमन्त्री पौडेलले नेपाली कृषकहरुले उत्पादन गरेका मौसमी तरकारीहरु कतारमा निर्यात गर्न प्रदेश सरकार र मित्रराष्ट्र कतारबीच केही दिनभित्रै सम्झौता हुने बताए ।
प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जनतालाई दीगो लाभ हुने योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्