२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


पर्यटन दिवस : पश्चिमी सीमा नाका हुँदै भित्रिएका पर्यटकलाई भव्य स्वागत


0
Shares

कञ्चनपुर, असोज १० । पश्चिमी सीमा नाका हुँदै नेपाल भित्रिने पहिलो विदेशी पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४० औं विश्व पर्यटन दिवस मनाइएको छ ।

गड्डाचौकी नाका हुँदै आज प्रवेश गर्ने विदेशी पर्यटकलाई नेपाल पर्यटन बोर्ड पर्यटन सूचना केन्द्र गड्डाचौकीले एक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो ।

दिवसका अवसरमा इरानी नागरिक फजिलाट फजेल सेफर इधैनलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले नेपाली ढाका टोपी, टीका तथा खादा पहिर्‍याएर स्वागत गरे ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आइएको छ ।