२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024


रौतहटमा फौजी किराको प्रकोप


0
Shares

रौतहट, असोज १० । रौतहटमा फौजी किराको प्रकोप फैलिएको छ । चन्द्रपुरस्थित चार नम्बर वडाको धान बालीमा फौजी किराको प्रकोपले क्षति पुगेपछि किसान चिन्तित बनेका छन् ।

फल्ने बेलामा फौजी किराले खेतमै धान झारिदिएपछि किसानले नोक्सानी बेहोेर्नु परेको छ । फौजी किराको प्रकोप बढदै गएपछि किसानले हतार हतारमा धान काट्न थालेका छन् ।

चन्द्रपुर नगरपालिका कृषि शाखाका जेटिए उमेश चौधरीले मौसमको प्रतिकुलतामा फौजी किरा लाग्ने जानकारी दिए । औषधीलेसमेत यो किरा मार्न नसकिने उनको भनाइ छ ।

दिनभरि धानको गाजमा लुक्ने र रात परेपछि किराले धानको डाँठ, पात र टुप्पा खाने गरेको छ । दुई÷तीन दिनमै फौजी किराले धानबाली नष्ट गरेपछि किसान अलमलमा छन् ।

तीन दिन यतामात्रै फौजी किराको प्रकोपले धेरै बाली नष्ट गरेको किसानहरुको भनाइ छ ।