
काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताउनुभएको छ ।
बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने माग उठाएका थिए ।
उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए ।
तर प्रधानमन्त्री ओलीले स्थानीय तहले ७० प्रतिशत बजेट के गर्ने ?
ओढ्ने ओच्छयाउने हो र भन्दै प्रश्न गर्नुभयो ।
उहाँले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले बजेट केन्द्रमै राखेर स्थानीय सरकारलाई नदिने सोचाइ नभएको भन्दै स्थानीय तहसँग खर्च गर्ने क्षमता पनि नभएको जिकिर गर्नुभयो ।
क्षमता भएको ठाउँमा खर्च नभएर बेहाल भएको अवस्थामा बजेट थप गर्दा झनै गाह्रो हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्