१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


दुई वर्षमा इजरायलमा चौथो पटक चुनाव, नेतान्याहुले गरे जित्ने दावी


0
Shares

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलमा भएको आम चुनावमा आफूले जित्ने दावी गरेका छन् ।

गत दुई वर्षभित्र यो इजरायलमा भएको चौथो चुनाव हो। यद्यपि एग्जिट पोलका अनुसार यस पटक पनि नेतान्याहू पूर्ण बहुमत प्राप्त गर्न सक्षम हुने छैनन्।

इजरायलको १२० सिटको संसदमा नेतान्याहूको लिकुड पार्टीले ५३ वा ५४ सीट जित्ने अनुमान गरिएको छ, जबकि उनीहरूको विपक्षी दलले जम्मा ५९ सिट जित्न सक्ने अनुमान गरिएको छ ।

यसको मतलब नेतान्याहूका पूर्व समर्थक राष्ट्रवादी यमिला पार्टीका नेता नप्ताली बेनेट किंगमेकर साबित हुन सक्छन्।

अनुमानका अनुसार उनको पार्टीले सात देखि आठ सीट जित्न सक्छ। यद्यपि उनले कुन गुटलाई समर्थन गर्ने भनेर अहिलेसम्म खुलाइएको छैन।

इजरायली मिडियामा एग्जिट पोल परिणाम जारी भएपछि बेनेटले भने, ‘म इजरायलको लागि जे उत्तम छ त्यही गर्नेछु।’

इजरायलका ६७.३ प्रतिशत मतदाताले यो चुनावमा मतदान गरेका छन्। यो चुनाव नेतन्याहूको नेतृत्वमा जनमत संग्रहका रूपमा पनि हेरिएको छ ।

७१ वर्षीय नेतान्याहू २००९ देखि लगातार सत्तामा छन्। उनी १९९० को दशकमा पनि तीन बर्ष प्रधानमन्त्री भएका थिए । इजरायलमा मंगलबार चुनाव भएको थियो ।