रसुवा । नेपालीहरुको महान चाड बडादशैं नजिकिँदै गर्दा रसुवागढी नाकाबाट भेंडा च्याङग्रा भित्रिने क्रम सुरु भएको छ ।
चीनको केरुङ हुँदै रसुवागढी नाका भएर २ सयभन्दा बढी भेडा च्याङ्ग्रा तिब्बतबाट पहिलो चरणमा नेपाल भित्रिएको छ ।
गत वर्षकोभन्दा यस वर्ष खरीदमा प्रति गोटा दुई हजारदेखि पच्चीस सयको हाराहारीमा मुल्य बढेकोेले भन्सार गर्दा भेडा–च्याङ्ग्राको मूल्य २३ हजारदेखि २६ हजारसम्म पर्ने व्यापारी दिवाकर न्यौपाने बताउन हुन्छ ।
रसुवाकैै व्यापारीहरु स्वयंले च्यांग्रा भेंडा ल्याउदै गरेकाले गत वर्षभन्दा यस वर्ष च्यांग्रा भेंडा निकै आयात हुने विश्वास गरिएको छ ।
सवारीको चाप बढी हुँदा भेडा च्याङग्राहरु ल्याउन निकै कठिन हुने गरेको व्यापारीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्