बैतडी । म्याद सकिएको १४ महिना बितिसक्दा पनि बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य अझै सकिएको छैन् ।
वि.सं २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्यसहित निर्माण शुरु गरिएको थियो ।
तोकेको समयभन्दा १४ महिना बढी भइसक्दा पनि विमानस्थल कालोपत्रे हुन नसक्नुमा निर्माण कम्पनीको लापरवाही रहेको स्थानीयको आरोप छ ।
उता निर्माण कम्पनीले भने विमानस्थलमा सबै काम सकिएर पिच मात्रै गर्न बाँकी रहेको जनाएको छ ।
निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले वर्षा, निर्माण सामग्रीको अभाव तथा अन्य प्राविधिक समस्याले समयमै कालोपत्रे गर्ने काम नसकिएको बताए ।
वर्षा भइरहेकाले कालोपत्रेको काम रोकिएको र वर्षा सकिने बित्तिकै काम शुरु गर्ने इन्जिनियर रावलले बताए ।
वि स २०७३ को चैतमा विमानस्थल पुननिर्माण गर्ने सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्