
काठमाडौं, असोज ८ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जापानका मन्त्रीहरूबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
मन्त्री पुनले जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँग भेटवार्ता गरी लगानीका विषयमा छलफल गरेका छन् ।
बैठकमा मन्त्री पुनले ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि आग्रह गरेको जनाइएको छ ।
भेटमा जापानी उपमन्त्री नोरुहिरो नाकायामाले नेपालमा लगानी र सहयोगमा बढोत्तरी गरिने प्रतिबद्धता जनाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्