
बुटवल, असोज ८ । तिलोत्तमा लगानी सम्मेलनले यस क्षेत्रमा लगानी प्रवर्द्धन गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न नेपालमै स्थानीय तहबाट पहिलोपटक बिहीबार लगानी सम्मेलन आयोजना गर्दैछ ।
तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर रिसोर्टमा हुने सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात र रोजगारी वृद्धि गर्ने केही परियोजना सम्झौताको तयारी गरिएको छ ।
नगरपालिकाले परियोजना भित्र्याउन लगानीकर्तालाई विभिन्न सहुलियत प्रदान गर्ने जनाएको छ ।
सम्मेलनमा संघीय तथा प्रदेश सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता, उच्चपदस्थ सरकारी अधिकारीहरु, जनप्रतिनिधिलगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सहभागिता रहने बताइएको छ ।
तिलोत्तमा नगर क्षेत्रमा कृषि, उद्योग, व्यापार, पर्यटनलगायतका पूर्वाधार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु नै सम्मेलनको उद्देश्य रहेको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्