
काठमाडौं, असोज ८ । बुधबार पनि सेयरबजार ‘वियरिस ट्रेन्ड’मै रह्यो ।
यसदिन सेयरबजार परिसूचक नेप्से ३ अंकले झरेर ११ सय ३१ विन्दुमा आइपुग्यो ।
टेलिकम सूचीकृत अन्य र लघुवित्त समूह नगन्य अंकले हरियो रहेबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।
यसदिन निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च २२ अंकको गिरावट आयो ।
यसदिन कारोबार परिमाणमा पनि गिरावट आयो । १६६ कम्पनीका ७ लाख ७७ हजार कित्ता सेयर जम्मा १६ करोड ६९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्