Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


हिरोको घरमा जबरजस्ती छिरेर रक्सी पिउँदै मच्चाए हंगामा


0
Shares

एजेन्सी । कप्तान ज्याक स्प्यारोको चरित्र निभाएका कारण आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता जोनी डेपको बारेमा सारा विश्वभरि एक अनौठो खबर फैलियो ।

हलिउड हिल्समा अवस्थित हलिवुड अभिनेता डेपको घरमा अज्ञात व्यक्ति प्रवेश गरेको खबरले विश्वभर तहल्का मच्चाएको छ ।

छिमेकीहरूले ती व्यक्तिलाई घर पछाडिको स्विमिङ पुलनजिक हिंडेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

एक टीएमजेड रिपोर्टका अनुसार अभिनेताका छिमेकीले ती व्यक्तिलाई त्यहाँ आउनुको कारण सोध्दा ती व्यक्ति ढोका फोरेर भित्र पसेका थिए ।

जब प्रहरी आइपुग्यो ती अज्ञात व्यक्ति नुहाउँदै थिए र उनले ढोका खोल्न अस्वीकार गरे।

यो मात्र होइन, उनी अभिनेताको घरमा बसेर रक्सीको स्वाद लिइरहेका थिए । ती व्यक्तिलाई घरको ढोका फोरेर भित्र पसेको भन्दै मुद्दा हालिएको छ ।

यो पहिलो पटक भने होइन । यसअघि जनवरीमा पनि एक अज्ञात महिला जोनी डेपको घरमा प्रवेश गरेकी थिइन् ।