२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


अनलाइनमार्फत विदेशी बस्तु खरीद गर्न ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न बैंकहरुलाई अनुमति


0
Shares

काठमाडौं, चैत ८ । अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरीदको भुक्तानीका लागि ५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ ।

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत बार्षिक अधिकतम ५०० डलर वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने जनाएको हो ।

यसैबीच, मरिससस्थित एम एण्ड एम रेमिटसँग कुनै पनि कारोबार नगर्न नेपाल राष्ट्र बैंकले विप्रेषकहरुलाई उर्दी जारी गरेको छ ।

बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले आइतबारै सूचना जारी गरि उक्त उर्दी जारी गरेको हो ।

उक्त रेमिटले अनियमिता गरेको पाइएसंगै नेपालका कम्पनीले उक्त कम्पनीसंग सहकार्यमा विप्रेषण कारोबार गरिरहेका भए कारोबार नगर्न निर्देशन जारी गरेको हो ।

यो कम्पनीसँग कसैले रकम लिनु पर्ने भए रकम उठाउन भने पाउने राष्ट्र बैंकले जनाएको छ ।