१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मेलम्ची आयोजनाका मजदुर र स्थानीय ठेकेदारले पुनः आन्दोलन चर्काउने


0
Shares

सिन्धुपाल्चोक । आफुहरुले पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै दुई सातासम्म आन्दोलन गरेका मेलम्ची खानेपानी आयोजनाका मजदुर र स्थानीय ठेकेदारहरुले आयोजना बिरुद्ध पुनः आन्दोलन गर्ने भएका छन् ।

मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी आयोजनाबीच भदौ २९ गते भएको ५ बुँदे सहमतिपछि पीडित पक्षले गर्दै आएको आन्दोलनका सबै कार्य स्थगित गर्ने निर्णय भएको थियो ।

दशैं लगतै आन्दोलन गर्ने चेतावनीसहित स्थानीय भेन्डर उत्तरकुमार श्रेष्ठले विज्ञप्ती निकालेर आन्दोलनको संकेत दिएका हुन् ।

खानेपानी मन्त्रालयका सचिवको नेतृत्वमा संघर्ष समितिका अध्यक्ष र एक जना सदस्यले मात्र वार्ताको जानकारी नदिइ गरेको सहमति सिंगो भेण्डर तथा सप्लायर्सहरुको हितमा नभएको भन्दै उनीहरुले पुनः आन्दोलनको तयारी गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको यस अघिको इटालियन ठेकेदार कम्पनी(सीएससी)ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरु लामो समयदेखि आन्दोलन गरेका थिए ।