२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कांग्रेसले सरकारको नेतृत्व गरेर निश्पक्ष निर्वाचनमा जानुपर्छ– गगन थापा


0
Shares

सुर्खेत । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर निश्पक्ष निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

शनिबार वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले सरकार गठनमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

थापाले प्रधानमन्त्रीले गरेकाे असंवैधानिक कदमहरूलाई कांग्रेस नेतृत्वको सरकारले सच्याउने विश्वास दिलाउनुभयाे ।

प्रधानमन्त्री केपी ओलीले कयौं वर्ष अगाडि बनेका पुल तथा सडक उद्घाटन गरेर जनतालाई झुक्याएको थापाकाे आरोप छ ।