Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कृष्णभक्त पोखरेल ओली समूहमा : भन्छन्, ‘अब मूलधारको एमालेमा लागें’


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली समूहमा लाग्नुभएको छ । बालुवाटारमा बोलाएको संसदीय दलको बैठमा नजाने समूहको निर्णय विपरित पोखरेल बालुवाटार जानुभएको हो ।

संसदीय दलको बैठकमा बोल्दै पोखरेलले अब मूलधारको एमालेमा लागेको बताउनुभयो । अब प्रधानमन्त्री ओलीलाई साथ दिने बताउँदै पोखरेलले भन्नुभयो, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागें, कहीकतै गल्ती भए माफी पाउँ ।’

प्रधानमन्त्री एवं नेकपा एमालेको संसदीय दलको नेतासँग कुरा गर्दै सांसद् कृष्णभक्त पोखरेल

ओली नेतृत्वको सरकारले पाँच वर्ष काम गर्नुपर्नेमा जोड दिँदै पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने ओलीको अभियानलाई साथ दिने बताउनुभयो ।

पाेखरेल यसअघि पनि दलको नेताले बोलाएको बैठकमा जानुपर्ने पक्षमा हुनुहुन्थ्यो । चैत ५ गतेको बैठकमा पनि पोखरेलले बैठकमा जानुपर्ने बताउँदै आउनुभएको थियो ।