काठमाडौं । सनराइज फस्ट म्युचुअल फण्ड बुधबारदेखि निष्काशन हुँदैछ ।
सन्राइज क्यापिटलको व्यवस्थापन तथा सन्राईज बैंकले प्रबद्र्धन गरेको यो फण्डमा असोज ८ देखि कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कूल १० करोड इकाइको सामुहिक लगानी कोषबाट लगानीकर्तालाई पहिलो वर्ष नै लाभांस दिने योजना रहेको सन्राइज क्यापिटलका अध्यक्ष अपछ यादवले बताए ।
कोषको इकाईमा लगानी गर्ने इकाइधनीहरुलाई पहिलो वर्षमा १०, दोस्रो र तेस्रो वर्षमा १२ देखि १८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपंैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सन्राइज फस्र्टको इकाई बिक्रीमा ल्याउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्