२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


विकासको मोडलमा नै सुधार गर्नुपर्नेमा जोड


0
Shares

काठमाडौं, साउन ८ । ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा पूरा गर्नका लागि सरकारले विकासको मोडलमा नै सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

विकासको उद्देश्य पूरा गर्नका लागि विकासको मोडललाई नीतिगत र मर्यादित बनाउनुपर्नेमा अर्थविद्हरु जोड दिन्छन् ।

आर्थिक विकास मुलुकको समृद्धिको मेरुदन्ड हो । कुनैपनि देशको विकासका लागि उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जना अनिवार्य हुन्छ ।

त्यसका लागि सरकारले विकासको मोडल तयार गर्दा नै विशेष ध्यान दिनुपर्नेमा अर्थविद्हरु सुझाउँछन् ।

देशलाई विकासको गतिमा लैजान मानव जीवनमा सहज हुने किसिमले विकासमा जोड दिनुपर्ने वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् ।

मुलुकको उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्नका लागि सरकारले कृषि र औद्योगिक क्षेत्रको विस्तारमा जोड दिनुपर्छ ।

यस्ता उत्पादनमूलक क्षेत्रमा स्वदेशी एवं विदेशी लगानी विस्तारमा सरकार केन्द्रित हुनुपर्नेमा अर्थविद् डा. अधिकारी जोड दिन्छन् ।

विकासका लागि हिजोकै परिपाटीमा आधारित नभइ निर्धारित् समयमै कामसक्ने परिपाटीको विकास गर्न सरकार लाग्नुपर्ने अन्यथा परिणाम ननिस्कने उनको विश्लेषण छ ।