काठमाडौं, असोज ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामान्य जीवनयापन पनि गर्न नसक्ने अवस्थामा रहेका श्रमिकको पक्षमा काम गर्ने बताएका छन् ।
विश्व ट्रेड युनियन महासंघ विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले श्रमिकहरु सधैं पीडित हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।
श्रममन्त्री विष्टले विश्वमा हातहतियार खरिदको होडबाजी चलिरहेको भन्दै सम्मेलनले श्रम क्षेत्रमा सबैखाले लगानी आकर्षित गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिए ।
श्रमिक बलियो भएमात्र उद्योग धन्दा फस्टाउने भन्दै उनले श्रममा विश्वास गर्न आग्रह गरे ।
एसिया प्रशान्त क्षेत्रका श्रमिकहरुको हितका लागि श्रमिकहरु एक हुनुपर्नेमासमेत उनले जोड दिए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा २० देशका श्रमिक प्रतिनिधि सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्