
काठमाडौं, साउन ८ । मंगलबार पनि सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आयो ।
अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से यसदिन ५ अंक बराबरले बढेर ११ सय ९९ विन्दुमा पुग्यो ।
कारोबार सुरुआती समयदेखि निरन्तर बढेर १२ सय १३ विन्दुमा पुगिसकेको नेप्से मध्याह्नपछि केही शिथिल हुँदै ५ अंकलेमात्र सकारात्मक रहेर थामिएको हो ।
यसदिन उत्पादनमूलक र लघुवित्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो ।
यसदिन कारोबार रकममा पनि केही सुधार भयो । यसदिन १६० कम्पनीका ११ लाख ८९ हजार कित्ता सेयर २९ करोड ४१ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्