Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


बौद्ध सम्पदा धम्मचक्रको खोजी, पशुपतिमा गैरकानूनी रुपमा पुननिर्माण नर्गन माग


13
Shares

काठमाडौं, चैत ५ । पशुपतिमा रहेको लिच्छवीकालिन बौद्ध धम्मचक्र हराएको ३ साता बढी भइसक्दा पनि पशुपति क्षेत्र विकास कोषले वेवास्ता गरेको आरोप अभियन्ताहरुले लगाएका छन् ।

कोषमा बिहीबार भएको छलफलमा अभियन्ताहरुले हराएको पुरातात्विक र ऐतिहासिक महत्वको बौद्ध सम्पदा धम्मचक्र खोज्न पहल गर्न आग्रह गरेका छन् ।

उनीहरुले विश्व सम्पदा सूचिकृत रहेको पशुपतिमा पुरातात्विक मान्यता विपरित विभिन्न ठाउँमा सिमेन्ट प्रयोग गरेर भइरहेको संरचना हटाउन, गैरकानुनी रुपमा भइरहेको पुननिर्माण रोक्न, दोषीलाई कारवाही लगायतका १५ वटा माग गर्दे कोषलाई ज्ञापन पत्र बुझाएका छन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले धम्मचक्र खोजी भइरहेको र लैजाने व्यक्तिको पहिचान भइसकेको दावी गर्नुभयो ।

आजै वाग्मती प्रदेशका सभासद नरोतम वैद्यले २ हजार वर्ष पुरानो लिच्छवीकालिन धम्मचक्र हराएको खोजी गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन प्रहरी वृत गौशालामा उजुरी दिनुभएको छ ।

Skip This