
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, असोज ७ । दसैं, तिहारमा घरपोत गर्न र सिंगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–४, चारखम्बेका स्थानीय उत्साहित बनेका छन् ।
चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि स्थानीय उत्साहित बनेका हुन् ।
रातो माटो प्रतिबोरा ६० देखि ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ ।
फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक पाँच लाख रुपैयाँसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले बताए ।
दसैं र तिहारमा बढी बिक्री हुने माटोबाट तीन लाख रुपैयाँ वार्षिक आम्दानी हुने गरेको सिगुले जानकारी दिए ।
रातो माटो बिक्री गरेर दसैं, तिहारका लागि खर्च जुटाउने गरेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्