
धनकुटा, चैत ५ । धनकुटामा आर्थिक वर्ष २०७७/७८ को ८ महिनामा ५४५ वटा उद्योगहरु दर्ता भएका छन् ।
दर्ता भएका उद्योगमा उत्पादनमुलक १३ वटा, कृषि तथा वनजन्य ४४५, पर्यटन सम्बन्धी ४०, सेवामुलक उद्योग ४३ वटा र सुचना प्रविधी उद्योग ४ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले जनाएको छ ।
दर्ता भएका उद्योगमा लघु तथा साना उद्योग रहेका छन् ।
जसमध्ये २३७ वटा उद्योग महिलाको नाममा र ३०८ वटा उद्योग पुरुषको नाममा दर्ता भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्