Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


केपी ओलीले मनका कुरा सबै पुष्पकमल दाहाललाई भन्ने !


0
Shares

ncp party president dispute

सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले मनका कुरा सबै आफूलाई बताउने भन्दै फोन गरेको जानकारी दिनुभएको छ ।

सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा मन कुरा सबै भन्नुछ भन्दै ओलीले आफूलाई फोन गरेर भेट्न आग्रह गरेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यकर्ता भेलामा दाहालले भन्नुभयो, ‘अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप¥यो कमरेड भनेर भन्नुभयो । मेरो मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नुभयो, तर मैले भेट्न मानिनँ ।’

आफू अब केपी ओलीसँग नझुक्किने बताउँदै मनका कुरा भन्ने भए पनि खुमलटार नै आएर भन्न जवाफ दिने उहाँको भनाइ थियो ।

सोही कार्यक्रममा दाहालले अब ओलीलाई जे जसरी भए पनि प्रधानमन्त्रीबाट हटाएरै छाडिने बताउनुभयो । ओलीलाई टिकाउन संसारभरका शक्ति लागेको भन्दै उहाँले तै पनि अब केही दिनमै नयाँ सरकार बन्ने दाबी गर्नुभयो ।

आफूहरुका पछाडी जनता र ओलीका पछाडी प्रतिक्रियावादी रहेको भन्दै उहाँले ओलीको कदमलाई असंवैधानिक मान्नेहरुबीच एकता गरेर हटाइने उहाँको भनाइ थियो ।

संसारका ठूला शक्तिहरुले भनेअनुसार नगर्दा आफू नरुचाइएको भन्दै उहाँले संविधान जारी नगरभन्दा गर्न भूमिका खेलेको जिकीर गर्नुभयो ।