१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


अन्नपूर्ण पोष्टका २८ पत्रकारले दिए सामूहिक राजीनामा


0
Shares

काठमाडौं । अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले सामूहिक राजीनामा दिएका छन् ।

२०७८ देखि जेठ ३ गते लागू हुनेगरी पोष्टमा कार्यरत २८ जना पत्रकारहरुले सामूहिक राजीनमा दिएका हुन् ।

१ वर्षदेखि २० वर्षसम्म काम गरेका २८ पत्रकारले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

पत्रिका बन्द हुने भन्दै सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले राजीनामा दिन दबाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ ।

पत्रकारहरुले आफूले पाउने सम्पूर्ण सुविधा २०७८ वैशाख ३ भित्र उपलब्ध गराइदिन अनुरोधसमेत गरेका छन् ।

पत्रिका बन्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिएपनि अहिलेसम्म त्यो हुन नसकेकाले राजीनामा दिएको पत्रकारहरुले दिएको राजीनामा पत्रमा उल्लेख छ ।