
काठमाडौं, असोज ६ । पछिल्ला दिन निरन्तरजसो उच्चदरले ओरालो लाग्दै आएको सेयरबजार मंगलबार नगन्य अंकले हरियो रहे पनि कारोबार भने थप खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से करिब २ अंक बराबरले सकारात्मक रहे पनि कारोबार जम्मा १७ करोडमा खुम्चियो ।
अघिल्लो दिन साढे २२ करोड बराबरको कारोबार भएको थियो ।
जलविद्युत्, वित्त र सामूहिक लगानी कोषबाहेक अरु समूह हरियो रहे । जीवनबिमा समूह दोहोरो अंकले सुधारिएपनि अरु सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका साढे ७ लाख कित्ता सेयर जम्मा १७ करोड ७२ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्