२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


योजना बनाएर काम गर्न स्थानीय तहलाई मुख्यमन्त्री पोखरेलको निर्देशन


0
Shares

बुटवल, असोज ६ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका स्थानीय तहलाई आवधिक योजना र ‘मास्टर प्लान’ बनाएर विकासको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

प्रदेश–५ को तेस्रो समन्वय परिषद् बैठकलाई सोमबार रुपन्देहीको तिलोत्तमा मणिग्राममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केहीमात्रै पालिकाले आवधिक योजना र मास्टर प्लान बनाएको भन्दै योजनाबद्ध विकासलेमात्रै प्रतिफल दिने बताए ।

योजना बनाउनमा प्रदेश सरकारले सहयोग गर्ने भन्दै उनले स्थानीय तहलाई बजेट कार्यान्वयनलाई प्रभावकारी र सुशासन कायम गर्नसमेत निर्देशन दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सहकार्यबाट नै समृद्ध प्रदेश बनाउने अभियानमा सामेल हुन आग्रह गरे ।