Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


ग्लोबल फोरमद्धारा पूर्वराज्यमन्त्री बिश्वकर्मालाई आर्थिक सहयोग


13
Shares

काठमाडौं, चैत ४ । जातिभेदविरुद्ध विश्व मंच नेपाल (ग्लोबल फोरम) ले ब्रेन ह्याम्रेज भइ उपचाररत पूर्व राज्यमन्त्री लालबाहादुर बिश्वकर्मालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

अमेरिकामा बसोबास गर्दै आउनु भएका जातिभेदविरुद्ध विश्व मंच नेपालका केन्द्रीय अध्यक्ष तिर्थ बर्मा (बिश्वकर्मा)को अगुवाईमा संकलित रकम ७३ हजार ६ सय रुपैयाँ बुधबार ग्लोबल फोरम नेपाल च्याप्टरका अध्यक्ष संगम गहतराजले ग्लोबल फोरम नेपाल च्याप्टरका इन्चार्ज मोहन बिश्वकर्माको उपस्थितिमा हस्तान्तरण गर्नु भएको हो ।

रकम ग्रहण गर्दै पूर्वराज्यमन्त्री बिश्वकर्माले आर्थिक सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आफू स्वास्थ्य लाभ गरे लगतै दलित मुक्तिको आन्दोलनमा आफू निरन्तर लागि पर्ने बताउनुभयो ।

उहाँले समाजमा अझै कायम रहेको जातीय विभेदको मुद्दा राजनीतिले सम्बोधन गर्नु पर्ने र बिचारको राजनीतिले विभेद अन्त्य गर्नु पर्ने बताउनुभयो ।

रकम हस्तान्तरण पश्चात ग्लोबल फोरम नेपाल च्याप्टरका अध्यक्ष गहतराजले दलित पूर्वराज्यमन्त्री बिश्वकर्माले दलित मुक्ती आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै उपचारका लागि आर्थिक अभाव हुन नदिने र अझै सहयोगका लागि विभिन्न निकायहरुसंग पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै ग्लोबल फोरम नेपाल च्याप्टरका इन्चार्ज मोहन बिश्वकर्माले राज्यले दलित मुक्ती आन्दोलनका एक नेतृत्वलाई बेवास्ता गरेको भन्दै उपचारमा सहयोग गर्न राज्यको ध्यानाकर्षण गराउनुभयो ।

रकम हस्तान्तरणका क्रममा ग्लोबल फोरम नेपाल च्याप्टरका उपाध्यक्ष एकराज लाकन्द्री, ग्लोबल फोरम नेपाल च्याप्टरका कोषाध्यक्ष एवं पत्रकार कमला रसाइली, अधिकारकर्मी कमल बिकलगायतको उपस्थिति रहेको थियो ।

पूर्वराज्यमन्त्री बिश्वकर्मा लामो समयदेखि ब्रेन ह्याम्रेज भएर राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा उपचार गराइरहनु भएको छ ।