बनेपा महोत्सव सुरु • Image Khabar Image Khabar


बनेपा महोत्सव सुरु


Imagekhabar
६ आश्विन २०७६, सोमबार १६:०३

बनेपा महोत्सव सुरु

काभ्रे, असोज ६ । काभ्रेको बनेपामा तेस्रो बनेपा महोत्सव–२०७६ सुरु भएको छ ।

महोत्सवको सोमबार प्रदेश नम्बर–३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले उद्घाटन गरिन् ।

‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मूल नाराका साथ चाडबाडलाई लक्षित गरी महोत्सव आयोजना गरिएको हो ।

मेलामा कृषि, लत्ताकपडा, घरेलु सामग्रीलगायतका १२४ भन्दा बढी व्यापारिक स्टल राखिएको छ ।

मनोरन्जनका लागि बालउद्यान र हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

महोत्सव यही असोज १६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्