
तेह्रथुम, असोज ६ । तेह्रथुमका किसान अलैँची भित्र्याउन व्यस्त छन् । मूल्यमा गिरावट आए पनि यसवर्ष राम्रो मूल्य पाउने आशामा अलैँची भित्र्याउनमा किसानहरु व्यस्त भएका छन् ।
तेह्रथुमका अधिकांश क्षेत्रमा किसानहरुले अलैँची खेती गर्दै आएका छन् । अर्थतन्त्रको मूख्य मेरुदण्डको रुपमा रहेको अलैँची पाकेसँगै किसानहरु अलैची टिप्न ब्यस्त भएका हुन् ।
केहीवर्ष अघि १ लाख ५ हजार प्रतिमन पुगेको अलैँचीको मूल्य खस्किदा निराश भए पनि अन्नबालीमा भन्दा राम्रो आम्दानी भएको किसानहरु बताउँछन् । यहाँका किसानले ५ रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् ।
किसानको समस्या समाधानका निम्ति सरकारले गुणस्तर मूल्य निर्धारण गरी बजार व्यावस्थापन गर्न सकेमात्र किसानहरुलाई राहत हुने उनीहरुको भनाइ छ । यतिबेला बजारमा अलैँची २८ हजार देखि ३२ हजार रुपैयाँ प्रतिमन खरिद बिक्री हुँदै आएको व्यापारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्