रुकुम पश्चिम, असोज ६ । लामो समयपछि रुकुम र जाजरकोट जोडने पक्की पुल निर्माण सम्पन्न भएको छ ।
रुकुम पश्चिम र जाजरकोटको बीचमा रहेको ठूलीभेरी नदीमा झोलुङ्गे पुल भए पनि मोटरेबल पुल नहुँदा मोटर गाडी आवतजावतमा समस्या भएको थियो । ढिलै भए पनि रुकुम पश्चिमको आठबीसकोट–११ को चिसापानी र जाजरकोटको नलगाड नगरपालिकाको डाडागाउँको बीचमा पक्की पुल बनेपछि दुवै जिल्लाका बासिन्दा खुसी भएका छन् ।
नेपाल सरकारको लगानीमा उक्त पुल निर्माण भएपछि रुकुम, जाजरकोट हुँदै डोल्पासम्मको यातायातमा सहजता आउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्