Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


प्रधानमन्त्री ओलीलाई बारुदको गन्ध नफैलाउन योगेश भट्टराईको चेतावनी


0
Shares

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई बारुदको गन्ध नफैलाउन चेतावनी दिनुभएको छ ।

बुधबार हुने माधव नेपाल पक्षीय नेता कार्यकर्ता भेलाबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले प्रधानमन्त्री ओलीले पार्टी फूटतर्फ लगेको भन्दै यस्तो चेतावनी दिनुभएको छ ।

अझै प्रधानमन्त्रीको कार्यकाल दुई वर्ष रहेकाले ढुक्क भएर पदावधि सकाउने हो भने फूटपरस्त गतिविधि नगर्न र कार्वाहीको धम्की दिएर बारुदको गन्ध नफैलाउन उहाँले आग्रह गर्नुभयो ।

भट्टराईले उत्तर कोरियाली नेता किम जोन उनकी बहिनीले अमेरिकालाई दिएको चेतावनीको शब्द सापट लिँदै बारुदको गन्ध नदिन चेतावनी दिनुभएको हो ।

गूटीय बैठक गरेर कार्वाहीको नाटक मञ्चन गरिएको, अनेकन धम्की दिन थालिएको भन्दै नेता भट्टराईले भन्नुभयो, ‘इतिहासले गर्ने निर्मम समीक्षामा तपाईंका पक्षमा एक थोपा आँशु खसाल्ने मान्छे नहुने अवस्था नआओस् ।’

ओलीका गतिविधि एकताभन्दा फूटतर्फ लक्षित रहेको भन्दै उहाँले बुधबारबाट हुने कार्यकर्ता भेलामा सक्रिय रुपमा सहभागि हुन आह्वान गर्नुभयो ।

फागनु २८ गते अध्यक्ष ओलीले गरिएको भनिएको केन्द्रीय कमिटी बैठक गूटीय भेला मात्र भएकाले त्यसको राजनीतिक र कानूनी हैसियत नहुने पनि जिकीर गरियो ।

Skip This