२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विद्युत आयोजनाले वातावरणीय मूल्यांकन नगरेको आरोप


0
Shares

काठमाडौं । मोदी खोलामा संचालित जलविद्युत आयोजनाहरुले वातावरणीय प्रभाव मुल्यांकन नगरेको एक अध्ययन प्रतिवेदनमा औंल्याइएको छ ।

नेपाल वातावरण पत्रकार समूहले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै आयोजनाले वातावरणीय कानून पालनमा समेत हेलचक्राई गरेको आरोप लगाएको छ । मोदी खोलामा २ वटा विद्युत आयोजना संचालित छन् भने २ वटा निर्माण अवस्थामा छन् ।

कुल २ सय ३७ मेगावाट क्षमता रहेका यी आयोजनाबाट जलचर, प्राकृतिक सम्पदामा गम्भिर असर पारेको जनाइएको छ ।

विद्युत निकाल्दा १० प्रतिशत पानी बगाउनुपर्ने भएपनि त्यसो नगरिएको प्रतिवेदनमा भनिएको छ ।

जसका कारण खेतीयोग्य जमिनमा पानीको अभाव समेत भएको जनाइएको छ । अध्ययन प्रतिवेदन उर्जा मन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरिएको छ ।