
काठमाडौं । साताको पहिलो दिन आईतबार नेप्सेमा दोहोरो अंकको गिरावट आयो । कारोबार पनि उल्लेख्य खुम्चियो ।
उतारचढाव बिच बजार परिसुचक नेप्से १६ अंकले ओरालो लागेर ११ सय ३९ मा आई थामियो ।
कारोबार भएका सबैजसो समूहमा गिरावट आयो । निर्जिवन बिमा समुह सबैभन्दा उच्च १ सय २४ अंकले ओर्लियो ।
जीवन बिमा, वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत, उत्पादनमुलक र लघुवित्त समुहमा पनि दोहोरो अंकले गिरावट आयो ।
अन्य समुह मात्र नगन्य अंकले हरियो रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६६ कम्पनीको ८ लाख ६६ हजार कित्ता शेयर जम्मा २२ करोड ६९ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्