
काठमाडौं । आइतबार पनि सुन चाँदीको मूल्य उकालो लाग्ने क्रम जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बृद्धि भएर ७१ हजार ३ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि ३ सयले नै उकालो लागेर ७१ हजारमा कारोबार भएको थियो । चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ८ सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १५ सय १५ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्