१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


सरकारका पूर्वसचिव मैनालीसहित १२ सय जना आनन्दनगर सहकारीबाट ठगिए


0
Shares

काठमाडौं, चैत २ । आनन्द नगर बचत तथा ऋण सहकारी संस्थाबाट सरकारका पूर्वसचिव श्यामप्रसाद मैनालीसहित करिब १२ सय जना लगानीकर्ता र शेयरधनीहरु ठगिएका छन् ।

काठमाडौं महानगरपालिका ४ आनन्दनगरमा रहेको सहकारीको ५० करोड रुपैयाँको दुरुपयोग गर्दै कर्मचारी र सञ्चालकहरुको मिलिमतोमा लगानीकर्तालाई ठगी गरेको मैनालीले बताउनुभयो ।

तत्कालिन सञ्चालन समितीले झुटो अडिट देखाएर झण्डै ९ वर्ष अघिदेखि लगानीकर्ताको आँखामा छारो हाल्ने काम गरेको उहाँको दाबी छ ।

हाल दुवै पक्षले न्यायका लागि कानूनी निकायलाई गुहारेका छन् ।

सहकारीले आफूहरुलाई ठगी गरेको भन्दै पिडितले अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छन् भने पिडक भनिएको सहकारीको पूर्व सञ्चालक समितिले उच्च अदालतमार्फत परमादेशको माग गरेको छ ।

यद्यपि पीडित पक्षले आफ्नो लगानी पचाउने मनसायले समितीले मुद्दा दर्ता गराएको आरोप लगाएको छ ।