काठमाडौं । पर्वत कलाकार समाज नेपालले यही असोज १६ गते काठमाडौंमा ‘पर्वत संगीत साँझ’ आयोजना गर्ने भएको छ ।
‘कलाकार समाजका आदर्श हुन’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै २० लाख रुपैंयाँ अक्षयकोष स्थापनार्थ संगीत साँझ आयोजना गरिएको संस्थाका महासचिब कृष्ण समिप सुवेदीले जानकारी दिए ।
कार्यक्रममा चर्चित कलाकारहरु कुलेन्द्र विश्वकर्मा, विमलराज क्षत्री, कृष्ण समीप, कस्तुप पन्त, प्रल्हाद सुवेदी, सिर्जना जिसी, अमृत क्षेत्रीलगायत दर्जन बढी कलाकारले राष्ट्रय सभा गृहको हलमा प्रश्तुति दिनेछन् ।
उक्त संस्थालाई सबैको साझा चौतारीको रुपमा विकास गर्दै सामाजिक दुःख र पीडामा जतिसक्दो सहयोग गर्ने र नयाँ प्रतिभाहरुलाई अगाडी बढाई संगीतको विकासमा योगदान पुर्याउने संस्थाको लक्ष्य रहेको महासचिब कृष्ण समीपले जानकारी दिए ।
कार्यक्रममा स्वदेश तथा विदेशका नेपालीहरुहरुलाई निम्ता पठाइएको छ । गैर आवसीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय सल्लाहकार गोविन्द सुवेदी, केन्द्रिय उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीसहितको टोली काठमाडौं उत्रिने छन् ।
कार्यक्रमलाई विभिन्न बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय संघ संस्था साथै विभिन्न ब्यक्तिहरुबाट सहयोग आउनेक्रम सुरु भएको आयोजकले जनाएको छ ।
कार्यक्रम ठूलो राशीको अक्षय कोष र अहिलेको बजारका चर्चिच कलाकारहरुको प्रस्तुति रहनेभएका कारण पनि कार्यक्रमलाई महत्वलका साथ हेरिएको छ । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्