
काठमाडौं । बिवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले मुलुक भ्रष्टाचारबाट खोक्रो हुँदासम्म ताली बजाउने परीपाटीका कारण देश समृद्ध हुन नसक्ने बताउनु भएको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पत्रकार भेटघाटमा बोल्दै उहाँले सार्वजनिक भएका भ्रष्टाचार काण्डले देशलाई खोक्रो बनाउँदासम्म नागरिक चुप लागेर बस्दा भ्रष्टाचारीहरुको मनोबल बढेको बताउनुभयो ।
उहाँले वर्तमान सरकार नैतिक रुपमा पतन भएको आरोपसमेत लगाउनुभयो । उहाँले आफैले बिघटन गरेको संसद पुर्नस्थापना हुँदासमेत प्रधानमन्त्री ओली सरकार सरकारमै लिप्त हुनु हास्यासपद भएको भन्दै ओलीमा राजनीतिक चरीत्रसमेत नभएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्