 
	    सर्लाही, असोज ५ । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा देवता महाकाली मठ र मोहीबीच वर्षौंदेखिको विवाद समाधान भएको छ ।
लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा ११ विघा पाँच कठ्ठा जग्गाको स्वामित्वको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । जनप्रतिनिधिको पहलमा विवाद समाधान गरी मठ र मोहीलाई आधा–आधा जग्गा बाँडफाँड गरिएको लालबन्दी नगरपालिका–१७, का वडाध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
जग्गाको विवाद समाधान गरी नौ जना मोहीलाई जग्गाधनी लालपूर्जा समेत प्रदान गरिएको छ । सो जग्गाको विषयमा २०६६ सालदेखि मुद्दामामला हुँदै आएको थियो ।
बीचमा केही समय नक्कली मोहीसमेत खडा भएका थिए । मठले बाँडफाँड गरेर बाँकी रहेको जग्गामा स्थानीय तहसँग समन्वय गरी बजार बसाल्ने तयारी भइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्