काठमाडौं, असोज ४ । बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल अर्थशास्त्र शिक्षक समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रको चुनौती र सम्भावना’ कार्यक्रमका सहभागीहरुले व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।
निर्यात बढाउन सके रोजगारी सिर्जना वृद्धि गर्न सकिने उनीहरुको भनाइ छ ।
आर्थिक विकासका लागि बिमा तथा वित्तीय पहुँच बढाउनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्