काठमाडौं, असोज ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० अगाडि अनलाइनबाटै भिसा शुल्क तिर्ने व्यवस्था गरिने बताएका छन् ।
हाल भिसाका लागि अनलाइनबाट फर्म भर्न मिल्ने भएपनि भिसा शुल्क भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि नै तिर्नुपर्नेछ ।
शनिबार पत्रकारहरुसँग छलफल गर्दै मन्त्री भट्टराईले छिट्टै भिसा शुल्क अनलाइनबाट तिर्ने व्यवस्था गरिने बताए ।
मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणको संरचना परिमार्जन गर्ने गरी विधेयक तयारी पारी संसदको हिउँदे अधिवेशनमा लैजाने तयारी गरिरहेको पनि बताए ।
युरोपियन युनियनले प्राधिकरणको संरचना परिमार्जन गर्नुपर्ने भन्दै नेपाली विमान कम्पनीलाई इयू क्षेत्रमा उडानमा रोक लगाउँदै आएको छ ।
मन्त्री भट्टराईले पर्यटन भ्रमण वर्ष २०२० को एक साताअघि सन्देश सप्ताह मनाउने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्