२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


करकाबारेमा हल्का कुरा गरेर आतंक नफैलाउन अर्थमन्त्रीको आग्रह


0
Shares

पोखरा, असोज ४ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय क्षेत्रमा जनतालाई आतंक र त्रसित नबनाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

शनिबार पोखरामा पोखरा उद्योग वाणिज्य संघको ६५औं अधिवेशन उद्घाटन गर्दै उनले जनतालाई करका विषयमा हल्का कुरा गरेर आतंक नफैलाउन कांग्रेस र व्यवसायीलाई आग्रह गरे ।

मुलुकमा लगानीको वातावरण बनेको दाबी गर्दै उनले विकास एकैपटक नभइ क्रमिकरुपमा हुने बताए ।

करछली वित्तीय अपराध भएको हुँदा इमान्दारिताका साथ कर तिर्न उनले आग्रह गरे ।

अवसर र सम्भावनाको देश हुँदाहुँदै पनि अधिकांश युवाहरुले विदेशमा श्रम खर्चिनुपरेको अवस्थालाई रोक्न सरकारले बजेटमा योजना ल्याएको अर्थमन्त्री डा. खतिवडाको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतले करकै कारण व्यवसायी आतंकित भएको बताए ।

कार्यक्रममा ३० हजार रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार भरत कोइरालालाई सम्मान गरिएको थियो ।