सर्लाही । दशैं, तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएसँगै सर्लाहीमा खसीबोकाको व्यापार बढेको छ ।
जिल्लाको ग्रामीण भेगसँगै लालबन्दी, हरिवन, बयलवास, बरहथवालगायतका बजारमा खसीबोकाको किनबेच बढेको हो ।
किसानले खसीबोका बेचेरै चाडपर्वको खर्च जोहो गर्दै आएका छन् ।
जिल्लाको ग्रामीण भेगका किसानले हिजोआज दैनिक ठूलो सङ्ख्यामा खसीबोका बजारमा ल्याएर बिक्री गरिरहेका छन् ।
दशैं, तिहारमा खसीबोका बेचेरै खाद्यान्न, कपडा र अन्य सरसामानकोे जोहो गर्ने गरेको कृषकहरुले बताएका छन् ।
जिल्लाबाट जनकपुर, वीरगञ्ज, विराटनगर, काठमाडौंलगायतका मुख्य शहरमासमेत खसीबोकाको निर्यात हुने गरेको छ ।
चाडपर्व नजिकिएसँगै खसीबोकाको माग बढेको लालबन्दीका व्यापारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्