
काठमाडौं, असोज ३ । गैरआवासीय नेपाली संघको आगामी नेतृत्वका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । पन्त हाल संघको उपाध्यक्ष छन् ।
पन्तले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन पहल गर्ने बताए ।
संघ स्थापनादेखि नै निरन्तर गैरआवासीय नेपाली अभियानमा लाग्दै आएको र संघको भावनाअनुरुप अगाडि बढ्ने उनको दाबी छ ।
विश्वभर छरिएका नेपालीमार्फत् नेपालका पर्यटकीय आकर्षण र गन्तव्यको प्रचार–प्रसार गर्न विशेष योजना ल्याउने पनि आफ्नो एजेन्डामा रहेको उनले उल्लेख गरे ।
यही असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
संघको अध्यक्षमा हालका अर्का उपाध्यक्ष कुलप्रसाद आचार्यले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्