Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


महासंघका अध्यक्ष राणा र उपाध्यक्ष ढकाल विभूषित


0
Shares

काठमाडौं, असोज ३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहित उद्यमी–व्यवसायीहरू संविधान दिवसका अवसरमा सरकारद्वारा प्रदान गरिएकोे विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित भएका छन् ।

महासंघका अध्यक्ष राणा र महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् ।

यसैगरी, संविधान दिवसका अवसरमा महासंघका अध्यक्ष राणाले नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय परिसरमा राखिएको नेपालको राष्ट्रिय झन्डा र महासंघको झन्डाको झन्डोत्तोलन गरेकी छन् ।