२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मलेसियासँगको श्रम सम्झौता कार्यान्वयन गर्न सरकारलाई व्यवसायीको चुनौती


0
Shares

काठमाडौं, असोज ३ । व्यवसायीहरुले सरकारले मलेसियासँग गरेको श्रम सम्झौता कार्यान्वयन गर्न नसक्ने चुनौती दिएका छन् ।

सरकारले कामदारका लागि आवश्यक पर्ने रकम रोजगारदाताले व्यहोर्ने गरी गरेको सम्झौता कार्यान्वयन गर्नु सरकारको ठूलो चुनौती रहेको उनीहरुको भनाइ छ ।

सरकारले सस्तो लोकप्रियताका लागि गहिरिएर अध्ययन नै नगरी यो सम्झौता गरेकाले कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरुको भनाइ छ ।

सरकारले परिवर्तनको नाममा कार्यान्वयन गर्नै नसक्नेखालको सम्झौता गरेको व्यवसायीहरुको टिप्पणी छ ।

सरकारले मलेसियमा रोजगारीका लागि ढिला नै ढोका खोले पनि व्यवसायीले व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने र व्यावहारिकरुपमा पनि सहज हुने निर्णय गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालको भनाइ छ ।

सरकारले गत वर्षको कात्तिक १२ गते मलेसियासँग श्रम सम्झौता गरेको थियो । तर, कार्यान्वयनका लागि भने गएको हप्तामात्रै समझदारी भएको हो ।