
काठामडौं । युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफोर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभेटिएको जनाएको छ ।
त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ । डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि सो निकायले स्पष्टीकरण दिएको हो ।
डेनमार्क र नर्वेमा थोरै सङ्ख्याका मानिसहरूले खोप लगाएपछि रगत जमेको विवरण आएको थियो । त्यसपछि खोप वितरण स्थगित गरिएको थियो ।
आस्ट्राजेनेका कम्पनीले पचास लाख युरोपेलीहरूलाई खोप दिँदा ३० जनामा मात्र त्यस्तो समस्या देखिएको भन्दै त्यो खोपबाट सृजित समस्या नभएको बताएको छ । कम्पनीले खोपको सुरक्षाबारे क्लिनिकल परीक्षणका बेला सघन अध्ययन भएको प्रतिक्रिया पनि दिएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्