विराटनगर, असोज ३ । प्रदेश नम्बर–१ सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।
शुक्रबार विराटनगरको सहिद मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त जनताको हक–अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु अहिलेको चुनौती रहेको बताए ।
उनले संविधान आफैं कार्यान्वयन हुने कुरा नभएको भन्दै नीति–नियम, कानुन, योजना र संस्कारबाट यसको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने औंल्याए ।
मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समृद्ध प्रदेश मूल दृष्टिकोणसहित पहिलो आवधिक योजना थालेकोसमेत जानकारी दिए ।
सो अवसरमा प्रदेश सरकारले जनही पाँच लाख रुपैयाँ नगदसहित २४औंपटक सगरमाथा आरोहण गरेका विश्व कीर्तिमानी कामिरिता शेर्पा, अल्ट्रा धाविका मीरा राई, राष्ट्रियगानका रचयिता व्याकुल माइलालाई विशेष सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्