काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गरिन् ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी थिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गरिएको थियो ।
तस्वीरहरु : रासस





प्रतिक्रिया दिनुहोस्