२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतमा दुईओटा नेपाली बसलाई कारबाही


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, असोज २ । भारतमा कानुनविपरीत सन्चालन हुँदै आएका दुईओटा नेपाली बसलाई उपक्षेत्रीय परिवहन कार्यालय (एआरटीओ) टनकपुरले कारबाही गरेको छ ।

नेपाल–भारतमैत्री बसका नाममा रुट परमिटबिना सन्चालन हुँदै आएका लु१ख ८६७५ र ना५ख ४२४४ नम्बरका बसलाई उपक्षेत्रीय परिवहन कार्यालय टनकपुरले कारबाही गरेको हो ।

धार्मिक यात्राको बहानामा एउटै परमिटमा धेरैपटक नेपाल र भारतका यात्री ओसारपसार गरेको पाइएको छ ।

परमिट सर्त उल्लंघन गरेको कसुरमा बसहरुलाई कारबाही गरिएको जनाइएको छ ।

पछिल्लो समय बिनाकागजात बसहरु सन्चालन हुन थालेपछि भारतीय प्रशासन र परिवहन कार्यालयले कडाइ गरेको हो ।