
काठमाडौं, असोज २ । आज सुन–चाँदीको भाउमा कमी आएको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले ओरालो लागेर तोलाको ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य सोमबारदेखि तोलाको ७१ हजार ३०० रुपैयाँमा स्थीर रहेको थियो ।
बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको ८५५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १५ सय ३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्